उर्लाबारी,
मोरङको मिक्लाजुङ गाउँपालिका वार्ड नं ३ मा रहेको जलुकेनी आधारभूत बिद्यालयका ३० जना बिद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरिएको छ।
हङकङमा रहनुहुने समाजसेवी आर्थिक सहयोगमा उक्त स्कुलमा बिद्यार्थीहरुलाई बिद्यालय पोशक वितरण गरिएको हो ।
हङकङमा रहनुहुने समाजसेवीले नाम नखुलाउने सर्तमा स्कुलका बिद्यार्थीहरुलाई सहयोग गर्नुभएको हो। मिक्लाजुङ्का विभिन्न क्षेत्रमा मनकारी सहयोगीहरुले मिडियाको सहजीकरणमा सहयोग गर्दै आउनुभएको छ।
आज स्कुलमा भएको एक औपचारिक कार्यक्रम मार्फत उक्त बिद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको हो ।
विक्रम सम्वत २०४८ शालमा स्थापना भएको जलुकेनी आधारभूत बिद्यालयले मिक्लाजुङ ३ आसपासका बिद्यार्थीहरुलाई बाल कक्षा देखि कक्षा ५ सम्म शिक्षण गर्दै आएको छ।
उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी पौडेल , स्कुलका प्रधानाध्यापक सोमनाथ भट्टराई र शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन हन्ड्रेड प्लस ल्युजकी संचालिका सम्झना राईले गर्नुभएको थियो।
जलुकेनी आधारभूत बिद्यालयका ३० बिद्यार्थीलाई स्कुल ड्रेस वितरण
२०८१ श्रावण १३, आईतवार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2024: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd