रतुवामाई,
मोरङको रतुवामाई नगरपालिका वार्ड नं ८ का डिल्ली प्रसाद रोक्काको परिवारलाई भष्ट्र्चार विरुद्ध अभियान रतुवामाईले आर्थिक सहयोग गरेको छ।
आर्थिक अबस्था कमजोर रहेका रोक्काकी श्रीमती कला रोक्काको पाठेघरको क्यान्सर भइ श्रावण २३ गते अल्पायुमै मृत्यु भएपछि मृत्यु सस्कार गर्ने समेत आर्थिक अबस्था नरहेकाले आर्थिक सहयोग जुटाईएको हो।
रोक्का परिवारमा भएको जे-जती आर्थिक सम्पती थियो त्यो सबै उनको उपचारमा सकियो यतिबेला दैनिक उपभोग्य खाद्यान्न समेत जुटाउन हम्मे परेपछी विभिन्न ब्यक्ती र सस्थाहरुले सहयोग गरेको हो।
कला रोक्काका एक छोरा र एक छोरी गरि दुई सन्तानहरु छन।
२० बर्षिय छोरा निश्चल भारतमा रोजगारीका लागि गएका थिए। आमाको मृत्यु भएपछी नेपाल फर्केका उनलाई घर आईपुग्न समेत बिजोक भएको थियो।
भारतमा काम सुरु गर्ने बित्तिकै तिन चार महिनाको अग्रिम तलब लिइएका थिए उनले दु:खद घटना भएर नेपाल फर्कने बेला भाडा समेत अपुग भएको थियो।
यो सबै पिडा देखेर रतुवामाईका सचेत युवाहरुले सहयोगको अपिल गरेपछी भष्ट्र्चार विरुद्ध अभियान रतुवामाईले पनि सहयोग गरेको भष्ट्र्चार विरुद्ध अभियानका प्रतिनिधिले जानकारी दिएका छन।
यो अभियानमा आवद्ध युवाहरुले १९ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन।
यो अभियानले रतुवामाईका विभिन्न बेतिथी र भ्रष्टाचारका विरुद्धमा आवाज उठाउदै आएको छ।