महेश बुडाथोकीको ‘राम साँईली’ सार्वजनिक, हुर्रा भाकामा नयाँ प्रस्तुति (भिडियो सहित)

२०८१ माघ १९, शनिबार
पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – चर्चित गायक महेश बुडाथोकीको नयाँ म्युजिक भिडियो ‘राम साँईली’ सार्वजनिक भएको छ। मगर समुदायको परम्परागत हुर्रा भाका समेटिएको यो गीत म्युजिक नेपालमार्फत दर्शकमाझ ल्याइएको हो।

बुडाथोकीले यसअघि ‘काफगेडी कुटुक्कै`होस गर है सोल्टिनी…‘हलो अड्काउँदै…’ जस्ता लोकप्रिय गीतमार्फत संगीतप्रेमीको मन जितिसकेका छन्। यसै शृंखलामा उनले मगर संस्कृतिको मौलिक भाका प्रस्तुत गर्दै ‘राम साँईली’ ल्याएका हुन्। गीतमा उनलाई गायिका बबिना भट्टराईले साथ दिएकी छिन्।

गीतका शब्द र भाका स्वयं महेश बुडाथोकीले संकलन गरेका हुन् भने अशोक राईले संगीत एरेन्ज गरेका छन्।

पुष महिनाको अन्त्यतिर छायांकन गरिएको म्युजिक भिडियोमा कलाकार बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर लगायतको अभिनय रहेको छ।

भिडियोको छायांकन सुमन तामाङले गरेका छन् भने सम्पादन हेमन्त तामाङको रहेको छ। कोरियोग्राफी पूजा तामाङले सम्हालेकी छिन् भने श्रृङ्गार अशोक मण्डलले गरेका छन्। भिडियोको निर्देशन ईश्वर दुलालले गरेका हुन्।

लोकसंस्कृतिमा आधारित यो गीत तथा भिडियो दर्शक–श्रोतामाझ कत्तिको रुचाइन्छ, त्यो भने हेर्न बाँकी छ।

लाेकप्रियगायकमहेशबुडाथाेकीकाे ‘रामसाँईली’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायक महेश बुडाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेकाे हाे ।

बुडाथोकीका ‘काफगेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ पनि दर्सक श्राेता माझ आएकाे छ । गीतमा उनलाई बबिना भट्टराईले साथ दिएकी छन् । शब्द, भाका संकलन स्वयं बुडाथोकीले गरेका हुन् भने संगीत एरेन्ज अशोक राईले गरेका छन् ।

भिडियोमा कलाकारहरू बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाईने छ ।

म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादनस, पूजा तामाङ नृत्य कोरियोग्राफी गरेकी छिन् भने भिडियाेलाई ईश्वर दुलालले निर्देशन गरेका हुन् ।

भिडियाे:
https://youtu.be/Ngs2NfolbOs?si=817OjM5PwXWxMrcj

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय