
उर्लाबारी,
मोरङ — रोटर्याक्ट क्लब अफ उर्लाबारीले रोटरी वर्ष २०२५–२६ का लागि नयाँ कार्यसमिति गठन गरेको छ। क्लबका अध्यक्षमा रोटर्याक्टर हेमराज बस्नेत चयन भएका छन्।
नवगठित कार्यसमितिमा रोटर्याक्टर समिर घतराज सचिव, रोटर्याक्टर अविकेश अग्रवाल कोषाध्यक्ष र रोटर्याक्टर संजय बाहेती सल्लाहकार तथा चार्टर अध्यक्ष रहेका छन्। उपाध्यक्षद्वयमा रोटर्याक्टर गरीमा मोक्तान र शिब निरौला रहेका छन्।
त्यसैगरी, अन्य पदाधिकारीहरुमा रोटर्याक्टर अंकुश अग्रवाल (रोटर्याक्ट लर्निङ फ्यासिलिटेटर तथा पूर्व अध्यक्ष), रोटर्याक्टर पूर्णिमा खकुरेल (सदस्यता संयोजक), रोटर्याक्टर स्मृति ढुंगाना (पब्लिक इमेज चेयर), रोटर्याक्टर अंकित अग्रवाल (सेवा प्रोजेक्ट चेयर), रोटर्याक्टर गोपाल डाँगी (रोटर्याक्ट योङ लिडर्स कन्ट्याक्ट), रोटर्याक्टर पानस काफ्ले (प्रोफेसनल डेभलपमेन्ट चेयर), रोटर्याक्टर कृष्ण बस्नेत (इन्टरनेशनल सर्भिस चेयर), रोटर्याक्टर सुवर्णा तिखत्री (फाउन्डेसन चेयर), रोटर्याक्टर सुनिल सुवेदी (रोटरी फाउन्डेसन चेयर), रोटर्याक्टर प्रभिन घिमिरे (क्लब एडमिन), रोटर्याक्टर विशाल पौडेल (कम्युनिटी सर्भिस चेयर) र रोटर्याक्टर एन्जेली ढकाल (सर्जेन्ट एट आर्म्स) रहेका छन्।
रोटर्याक्ट क्लब अफ उर्लाबारीले विभिन्न सामाजिक सेवा, नेतृत्व विकास र युवा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। नवगठित टिमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।