
मोरङको उर्लाबारीमा सम्पन्न “उर्लाबारी गट ट्यालेन्ट २०८२” को ग्रान्ड फिनालेमा विभिन्न विधाका विजेताहरू घोषणा भएका छन्।
मुख्य टाइटल विनरको उपाधि करण थापाले हात पारेका छन्। उनलाई २५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र मेडल ट्रफी प्रदान गरिएको छ।
डान्सिङतर्फ गरिमा मगर विजेता बनेकी छन्। पहिलो रनरअप इन्क्सा लिम्बु, दोस्रो रनरअप संजिता श्रेष्ठ, तेस्रो रनरअप युनिशा खतीवडा र चौथो रनरअप वाङ्मो तामाङ बने।
गरिमा मगरलाई १५ हजार , इन्क्सा लिम्बुलाई १० हजार, संजिता श्रेष्ठलाई ५ हजार नगद पुरस्कार प्रमाणपत्र ट्रफी प्रदान गरिएको हो।
सिङ्गिङतर्फ अभिनव सुवेदी विजेता बनेका छन्। उनले १५ हजार रुपैयाँ हात पारे। पहिलो रनरअप सुप्रिना कुरुम्बाङले १० हजार, दोस्रो रनरअप यामन बिकेले ५ हजार रुपैयाँ प्राप्त गरे। सुहन पाण्डे तेस्रो रनरअप बने त्यस्तै चौथो रनरअप लिदिया थापा मगरको नाममा गयो ।
फैशन मोडलिङतर्फ मिन्हाङ लिम्बु विजेता बने। उनले १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र मेडल प्राप्त गरे । पहिलो रनरअप एना चौधरीले १० हजार , दोस्रो रनरअप क्रिष्टिका दाहालले ५ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन्। तेस्रो रनरअप जेलिरा धिमालले हात पारिन । भने चौथो रनरअप सचिना बस्नेत भएकी छन् ।
यसरी विभिन्न विधाका विजेताहरूसहित ग्रान्ड फिनालेमा कुल एक लाख पन्ध्र हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र ट्रफी , मेडल वितरण गरिएको छ।
कार्यक्रमलाई सफल बनाउनका लागि आयोजक रोजी डान्स सेन्टर एन्ड इन्टरटेन्मेन्ट हाउसका प्रोपाइटर रुपेन मग्रान्तीले “गट ट्यालेन्टले उर्लाबारीका युवाहरूको प्रतिभा उजागर गर्न ठूलो भूमिका खेलेको बताएका छन् । त्यस्तै मग्रान्तीका अनुसार यस्तो कार्यक्रमले युवालाई सही बाटोमा डोर्याउने, कला र संस्कृतिलाई संरक्षण गर्ने र समाजमा एकता तथा सिर्जनशीलताको भावना बढाउने छ ।
आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु , अविभावाकहरु ,प्रतिस्पर्धीहरु , अतिथिहरु, प्रायोजकहरु सहित उपस्थित सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ । कार्यक्रम गत साउन १७ गते देखि शुरु भएको थियो ।