असोज १, रतुवामाई
मोरङको रतुवामाई नगरपालिका वार्ड नं ९, ठकठकियामा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम भोलि आइतबार हुने भएको छ।
सांस्कृतिक कार्यक्रममा विभिन्न जातजातिले आफ्नो मौलिक भेषभुषामा सजिएर आफ्नो जातिको मौलिक नृत्यहरु प्रस्तुत गर्नेछन ।
जितिया पर्वको आफ्नो छुट्टै इतिहास र महत्त्व रहेकाले जितिया पर्वलाई बचाउन केही हदसम्म भए पनि सहयोग पुर्याउने उद्देश्यले नगर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थारु समाजका प्रतिनिधि नरेश धामीले जानकारी दिएका छन।
सांस्कृतिक कार्यक्रममा थारनी गायिका गिता चौधरी, चर्चित गायक नन्दु गुरुङ र उदयमान गायक बुद्ध मुर्मुले गायन प्रस्तुत गर्नेछन। त्यस्तै हास्य कलाकार बिक्रम कार्की र राकेश कमेडीको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

