मोरङको रतुवामाई नगरपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
रतुवामाई युनाइटेड फुटबल क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
रतुवामाई-७ का मानबहादुर देवानका स्वर्गीय माता पञ्चमाया देवान र पिता तिलक सिंह देवानको स्मृतिमा ‘प्रथम पञ्च तिलक स्मृति कप २०८०’ आयोजना हुने भएको हो ।
क्लबले हिजो बुधवार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको जानकारी गराएको हो ।
प्रतियोगिता कार्तिक १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छ । प्रथम पञ्च तिलक स्मृति कपमा रतुवामाईका १० वडाबाट एक/एक टिमको सहभागिता रहने क्लबका महासचिव सुलभ बस्नेतले बताएका छन।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिनेछ । त्यस्तै उत्कृष्ट अनुशाशीत टिमलाई मेडल प्रमाणपत्र प्रदान गरिनेछ।
म्यान अफ दि म्याच, उत्कृष्ट गोलकिपर, फर्वाड, सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ।
कार्यक्रममको कुल लागत करिब अनुमानित ७ लाग्ने आयोजकले जानकारी दिएको छ।
नेपालीहरुको महान चाडलाई हर्स्वोलास बनाउन साथै स्थानिय खेलाडीहरुलाई प्रोत्साहन गर्न फुटबल प्रतियोगीता संचालन गर्न लागिएको हो।