जसपाका नेता लिम्बूसहित ७० जना माओवादीमा प्रवेश

२०८० पुष २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । जनता समाजवादी पार्टीका नेता समशेर लिम्बूसहित ७० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्र उर्लाबारीले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा जसपाका नेता लिम्बूसहित ७० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नेपाल आदिबासी जनजाति महासंघ उर्लाबारीको अध्यक्षसमेत रहेका लिम्बू पहिचानवादी नेताका रुपमा स्थापित रहेका छन् । प्रवेश गर्नेहरुमा देउमान लिम्बू, शिला लिम्बू, पदमकुमारी लिम्बू, निङ्वा लिम्बू, किरण लिम्बू, सौगात धिमाल, सुरज धिमाल, संजय लिम्बू, अजित धिमाल, दिपेश धिमाल, दिपेन्द्र धिमाल, अमरबहादुर दमाई, जसमाया दमाई, पूर्णबहादुर दर्जी, अस्मिता नेपाली, विपना शिवा, सुमन शिवा, घननारायण श्रेष्ठ, सुरज श्रेष्ठ, यमकुमारी थेवे, दलबहादुर लिम्बू, लक्ष्मी लिम्बू, निङ्रुवा लिम्बू, सञ्जय लिम्बूलगायत रहेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्व सभामुख, मन्त्री तथा प्रदेश सांसद बाबुराम गौतम, केन्द्रीय सदस्य विशेन्द्र चेम्जोङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, मोरङ सह–इन्चार्ज प्रेम मिभकलगायतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए । उर्लाबारी नगर अध्यक्ष गजेन्द्र दंगालको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब पवन चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय