प्रेस चौतारीका प्रदेश सदस्य धिमाल प्रेस सेन्टरमा  प्रवेश

२०८० पुष २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

प्रेस चौतारी नेपालको कोशी प्रदेश सदस्य विजय धिमाल प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।
नेकपा एमालेनिटक पत्रकार संगठन प्रेस चौतारी छोडेर धिमाल नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका हुन् । मोरङको उर्लाबारी–८ निवासी धिमाल डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन् । पूर्वी मोरङका पत्रकारहरुको संस्था सञ्चार क्लब नेपालको महासचिब भइसकेका उनी धिमाल पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय