उर्लाबारी
मोरङको उर्लाबारी नगरपालिका वार्ड नं, ४ आइतबारेमा युवा एण्ड भेट्रान क्लबको तदर्थ समिति गठन भएको छ।
वडामा रहेका ११ वटा सक्रिय टोल विकास समितिको आज बसेको संयुक्त छलफलले समाज विकासमा युवाहरुको महत्वपूर्ण भुमिका रहने भन्दै आइतबारे युवा एण्ड भेट्रान क्लबको गठन गरिएको हरि कटुवालले जानकारी दिनुभएको छ।
क्लबको वैधानिकता संगै २१ सदस्य समिति गठन भएको छ।
अध्यक्षमा गौतम बुद्ध तामाङ रहेका छन भने उपाध्यक्षमा सन्जोक भण्डारी त्यस्तै सचिवमा गणराज मगर ( मदन ) र कोषाध्यक्षमा उज्ज्वल फुम्बु लिम्बू सर्वसम्मत चयन भएका छन।
क्लबले सामाजिक क्षेत्र संङसंगै युवाहरुलाई खेलकुदमा जोड्ने र लागुपदार्थ दुर्व्यसनिबाट जोगाउने मुख्य लक्ष्य राखेको नवनियुक्त अध्यक्ष तामाङले बताए।
आइतबारे युवा एण्ड भेट्रान क्लबको तदर्थ समिति गठन, अध्यक्षमा तामाङ
२०८० पुष २६, बिहीबार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd