समाजसेबी वाइबाले नौमती बाजा टोलीलाई दिए ड्रेस

२०८० माघ ८, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । मोरङको उर्लाबारी–७ का समाजसेबी पूर्ण वाइबा ज्ञानोदय नौमती बाजा समूहमा आबद्ध ११ जना महिलाहरुलाई ड्रेस सहयोग गर्नुभएको छ ।
उर्लाबारी–४ का महिलाहरुले पछिल्लो समय लोप हुने अवस्थामा पुगेको नौमती बाजा संरक्षण गर्ने अभियान थालेका थिए । उनीहरुको प्रोत्साहन स्वरुप वाइबाले ड्रेस सहयोग गर्नुभएको हो ।

लोप हुने अवस्थामा पुगेको नौमति बाजाको संरक्षणमा जुटेका महिलाहरुलाई प्रोत्साहन गर्ने उद्देश्य अनुसार आफुले सानो सहयोग गरेको वाइबाले बताउनुभयो । नौमति बाजाको संरक्षण गर्न आवश्यक रहेको बताउँदै आगामी दिनमा पनि सकारात्मक सहयोग गर्ने उहाँले बचन दिनुभयो ।
बाजा बजाउने मानिसको अभावका कारण पछिल्लो समय गाउँघरबाट बाजा नै लोप हँुदै गएकोले आफूहरु बाजा संरक्षणमा जुटेको समूहकी संयोजक रेनुका डाँगीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय