एमाले उर्लाबारी ९ शाखा कमिटीले गर्यो मन्दिर र क्लवलाई नगद सहयोग

२०८० माघ १३, शनिबार
पढ्ने समय : < 1 मिनेट

क्लब र मन्दिरलाई एमाले उर्लाबारी ९ शाखा कमिटीको आर्थिक सहयोग उर्लाबारी । नेकपा एमाले उर्लाबारी ९ नम्बर शाखा कमिटीले शनिबार महाराजथानस्थित न्यू सृजना क्लब र दुर्गा पांचायन ग्रामथान मन्दिरलाई आर्थिक सहयोग गरेको छ । महाराजथानस्थित खेल मैदानलाई मर्मत गरेर खेलकुदका गतिविधि गर्ने उदेश्यका साथ स्थानीय न्यू सृजना क्लबलाई रु २५ हजार र दुर्गा पांचायन ग्रामथान मन्दिरलाई रु ७ हजार ५ सय सहयोग गरेको हो । शनिबार एक कार्यक्रमकाबिच कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । वडामा रहेका पार्टी सदस्यहरुबाट रकम संकलन गरेर प्रत्येक बर्ष वडामा रहेका सामाजिक संघसंस्थाहरुलाई एमाले वडा कमिटीले आर्थिक सहयोग गर्दै आएको छ । वडाका संघसंस्थालाई सामान्य भएपनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको एमाले वडा कमिटी अध्यक्ष भिमकुमार फ्याकले बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य गौतमसहित एमाले नगर उपसचिब भरतमणि गौतम , लोकतान्त्रिक आदिवासी जनजाती महासंघका जिल्ला सचिब सुरेन्द्र शेर्मा, अनेमसंघ मोरङ १ क्षेत्रीय अध्यक्ष हिरा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा कमिटी सचिब हरिनारायण तिम्सिनाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय