१६ माघ/ उर्लाबारी
नेपाली कांग्रेस उर्लाबारी वडा नम्बर ३ समितीको आयोजनामा मंगलबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । शहीद दिवसको अवसरमा आज बिहान वडा समितीले उर्लाबारी ३ स्थित अस्थाई प्रहरी चौकी मंगलबारीमा २४ वटा सुपारीका बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस केन्द्रिय समितीको निर्देशनबमोजिम समुदायमा काग्रेस अभियान अन्तरगत शहीद दिवसको अवसर पारेर उक्त्त कार्यक्रम गरिएको वडा समिती सभापति सुरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार मंगलबार नेपालका ७ सय ५३ वटै स्थानिय तहका वडा समितीले सरसरफाई तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नम्बर ३ सभापति सुरेन्द्र निरौला प्रदेस सभा क सदस्य गन्ज ब कार्की प्रदिप संग्रौला क्षेत्रीय प्रतिनिधि ईन्द्र कार्की मिना ढकाल सुवास भण्डारी लगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।