नेपाली काँग्रेस उर्लाबारी ८ र ९ गर्‍यो  आमबाडी बजार सरसफाइ

२०८० माघ १६, मंगलवार
पढ्ने समय : < 1 मिनेट

मोरङ, उर्लाबारी
नेपाली कांग्रेस उर्लाबारी वार्ड नं ८ र ९ को संयुक्त आयोजनामा “समुदायमा कांग्रेस अभियान ” तथा सहिद दिवसको अवसरमा उर्लाबारी ८ र ९ को सिमानामा रहेको आम्बाडी बजारको सरसफाई आज सम्पन्न भएको छ।
आमबाडी बजारमा  फोहोरजन्य पद्धार्थहरुले वातावरण  प्रदूषित बनाउदै  गएकाले नेपाली काँग्रेस उर्लाबारी तथा सानो अभियान आमबाडीको  आयोजनामा सरसफाई कार्यक्रम गरिएको नेपाली काँग्रेस उर्लाबारीका नगरसचिव राजन रायमाझीले बताउनु भयो।

सरसरफाई कार्यक्रममार्फत आगामी दिनमा घर पसल र विभिन्न व्यवसायबाट निस्कने फोहोर बजार क्षेत्रमा नफ्याल्न अनुरोध गरिएको थियो ।
आमबाडी चोकबाट शुरु गरिएको सरसफाइ कार्यक्रम श्रीजङ्गगा स्तम्भ हुँदै बजार क्षेत्रमा प्रबेश गरेको थियो। बजार को सरसफाई संगै  बहुसास्कृतिक मार्गको पनि सरसफाई गरिएको थियो। कार्यक्रममार्फत सरसफाइ अभियानमा सहभागी हुन समाजसेवी, बुद्धिजिबि विभिन्न क्षेत्रका  नेता तथा स्थानीयहरुको सहभागित रहेको थियो।

सरसफाई कार्यक्रममा नेपाली कांग्रेस मोरङ् क्षेत्र नम्बर १(१) का उप-सभापति लोलिम पोमु लिम्बू ,   नेपाली कांग्रेस उर्लाबारीका नगरसचिव राजन रायमाझी, ने.का.का नेता मुक्ती प्रसाद  न्यौपाने, बिजय सुब्बा आदि अतिथिहरुको उपस्थिति रहेको थियो।।
नेपाली कांग्रेस केन्द्रिय समितीको निर्देशनबमोजिम समुदायमा काग्रेस अभियान अन्तरगत  शहीद दिवसको अवसर पारेर  उक्त कार्यक्रम गरिएको वडा समितीका सभापति   टिका सापकोटाले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय