उर्लाबारी । उर्लाबारी–५ स्थित अरनिको हस्पिटल प्रा.लि. का अध्यक्ष लोलिम पोमु स्वास्थ्य बिमा बोर्डको सदस्यमा मनोनित हुनुभएको छ ।पोमुलाई मन्त्रीस्तरको निर्णयअनुसार ४ वर्ष पदावधि रहने गरी बोर्डमा मनोनित गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य मन्त्री मोहन बस्नेतले बोर्डको सदस्यमा मनोनित गर्नुभएको छ । पोमु सामाजिक कार्यसँगै राजनीतिमा पनि सक्रिय रहनुभएको छ । पोमु नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १(१) को उपसभापतिसमेत रहनुभएको छ । उहाँ उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको अध्यक्ष पनि हुनुहुन्छ ।