उर्लाबारीमा सोनाम ल्होसारको भव्य तयारी बिभिन्न सास्कृतिक कार्यक्रम गरीने

२०८० माघ २५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी २५ माघ/
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्वको रुपमा मनाइँदै आइएको सोनाम ल्होसारका लागि उर्लाबारी-५ स्थित बौद्ध गुम्बामा भव्य तयारी गरिएको छ ।
तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिनमा सोनाम ल्होछार पर्व मनाउँदै आएको छ । यस वर्षको सोनाम ल्होछार माघ २७ गते शनिबार परेको छ ।
नेपाल तामाङ घेदुङ उर्लाबारी नगर समितिले सांस्कृतिक उत्सवसहित शुभकामना आदान प्रदान गरी भव्य रुपमा सोनाम ल्होसार मनाउने तयारी गरेको हो ।
साँस्कृतिक कार्यक्रममा तामाङ भेषभुषा, संस्कृति र मौलिक परिकारको प्रदर्शन गरिनुका साथै सांगीतिक प्रस्तुतिहरु रहने घेदुङका नगर अध्यक्ष राजकुमार योञ्जनले जानकारी दिए ।
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले कार्यक्रम समुद्घाटन गर्ने बताइएको छ । यस वर्ष तामाङ समुदायले खरायो (ह्योई ल्हो) वर्गलाई बिदाइ गर्दै गरुड (डुक ल्हो) वर्गलाई स्वागत गर्ने भएको छ ।
बाह्र वटा जीवजन्तुहरूको चक्रमा आधारित वर्ष परम्परा “बाह्र ल्हो” अनुसार प्रत्येक वर्ष फरक फरक जीवजन्तु वर्ष मान्ने गर्दछन् । मुसाबाट सुरु भएर बँदेलमा गएर बाह्र वर्षको चक्र पुरा हुने योञ्जनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय