बाहुनी खालामा निर्माण भईरहेको वक्स पुलको ढलान सम्पन्न

२०८० फाल्गुन १०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी ।

उर्लाबारी नगरपालिका–१ स्थित कोपिला चौकमा रहेको बाहुनी खोलामा निर्माण भईरहेको वक्स पुलको बिहीवार ढलान भएको छ । सो कार्यको मोरङ १(१) का कोशी प्रदेश सभा सदस्य उमाकान्त गौतमले अनुगमन गर्नुभएको छ ।

सो क्रममा पूर्वाधार विकास कार्यालय विराटनगरका सबइञ्जिनियर लालबहादुर दाहाल, पत्रकार, स्थानीयबासीको उपस्थिति रहेको थियो । उर्लाबारी–टाँडी सडक खण्डमा पर्ने बाहुनी खोलामा पुल नहुँदा स्थानीयबासीले ठूलो सास्ती खेप्नु पर्दै आएको थियो । पूर्वाधार विकास कार्यालय विराटनगरले ठेक्का आब्हान गरेको पुलको असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ । प्रदेश सभा सदस्य गौतमलाई स्थानीयबासीले सो खोलाको पुल पुर्व तटबन्ध गरिदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय