उर्लाबारी,
दुर्गा मावि उर्लाबारी ३ मा संचालित प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई प्लम्बिङ तालिम दिइएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुर झापाको आर्थिक तथा प्राविधिक सहयोगमा सन्चालित तालिम सोमबार समापन गरिएको हो ।
तीन महिनासम्म सञ्चालन भएको उक्त तालिममा १६ जना विद्यार्थी प्रशिक्षार्थी रहेका थिए । उनीहरुलाई पढाईसंगै सिपमुलक बनाएर आफ्नै देशमा आम्दानी गर्नको लागि वातावरण सिर्जना गर्ने हेतुले तालिम आयोजना गरिएको दुर्गा माविका प्राविधिक शिक्षा कार्यक्रम संयोजक सुमन अधिकारीले बताउनुभयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै विद्यालयकी प्रधानाध्यापक शारदा कार्की पाण्डेले युवालाई लगनशील, कर्मशील र धैर्यशील बनाउन तालिम उपयोगी भएको विश्वास व्यक्त गर्नुभयो । सहयोगी संस्था तालिम केन्द्रका अधिकृत विनोद न्यौपानेले सिपमुलक व्यक्ति रोजगारीका लागि भौतारिन नपर्ने र आफैं आत्मनिर्भर तथा व्यवसायिक बन्न सकिने बताउनुभयो । तालिममा सहभागीहरुलाई सीप विकास तालिम केन्द्र भद्रपुरका कर्मचारी लोकबहादुर राउतले प्रशिक्षण गराएका थिए । तालिममा सभागी सम्पूर्णलाई कार्यक्रमका सभापति दुर्ग मावि व्यवस्थापन समितिका अध्यक्ष पारसमणि कुइँकेल, सदस्य कल्पना नाल्बोलगायत अतिथिहरुले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।