उर्लाबारी,
मोरङको उर्लाबारी -८ बालविसौनि घरभइ हाल हङकङमा रहनुहुने कमल लिङ्थेपले आर्थिक अभावमा रहेका प्रतिभावान ब्यक्तिहरुलाई आर्थिक सहयोग जुटाउनु भएको छ।
उर्लाबारी नगरपालिका वार्ड नं ५ बस्ने १६ बर्षिय मार्स्ल्ट खेलाडी निस्ता राईलाई मार्स्ल्ट ग्रेडिङ्ग (परिक्षा ) दिन आर्थिक अभावका कारण बन्चित हुने अबस्था भएपछि लिङ्थेपले परीक्षा दिन सहज होस भनी नगद रु १० हजार सहयोग गर्नुभएको छ।
विभिन्न आठ चरणहरु पारगर्दै प्राप्त गर्ने ब्ल्याक बेल्टको परीक्षा तीन बर्षको अन्तरालमा हुने गरेको निस्ता बताउछिन। “कमल लिङ्थेप दाईले आर्थिक सहयोग गर्नुभयो अनि मेरो सपना केही हद अघि बढ्यो| यदि सहयोग नपाएको भए यो उपलब्धिका लागि तीन बर्ष पर्खनु पर्थ्यो सहयोगका लागि धन्यवाद दिन चाहान्छु ” निस्ता भन्छिन।
उनि हाल कक्षा ८ मा अध्ययनरत छिन। उनका ४४ बर्षिय बाबू राजकुमार राई र ४९ बर्षिया आमा इन्दिरा फुम्बु लिम्बू दुवै दृष्टिविहीन हुनुहुन्छ।
रिस्ताको परिवारको बारेमा आफुले थाहा पाएपछी आर्थिक अभावमा रहेका प्रतिभासाली खेलाडीहरु पैसाको अभावमा ओझेलमा नपरुन भनी आफुले सहयोग गरेको लिङथेप बताउनु हुन्छ।
जन्म भुमिबाट टाढा कर्म भुमिमा पुग्नुभएका लिङ्थेपले आफुले मेहेन्त र पसिना बगाएर कमाएको ४० लाख भन्दा बढी रकम समाजसेवामा खर्चिनु भएको छ।
आर्थिक अभावमा रहेका प्रतिभावान ब्यक्तिहरुलाई सहयोग गर्दै कमल लिङ्थेप
२०८० फाल्गुन १९, शनिबार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd