
उर्लाबारी २३ फागुन
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीकाे १५ औ वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । कार्यक्रम भने उर्लाबारी नगरपालिका वडा नम्बर ९ दुर्गापुरीमा अवस्थित चुम्लुङ हिमकाे हलमा भएकाे हाे । अन्य जातिलाई धेरै खर्च सरकारले बिनियाेजन गर्दै आएको छ भने आदिवासीलाई कमै दिनेगरेकाे याक्थुम चुम्लुङ नगर अध्यक्ष बानु सुब्बाले आफ्नाे कुरा राखेकि थिइन ।
हाम्रो भाषा, कला संस्कार संस्कृति जाेगाउन राजनैतिक संगठित हुन आवस्यक, अधिकार प्राप्त गर्न नसकिरहेको अवस्थामा एक भएर अघि बढ्न आग्रह गर्दै आफ्नो तहतप्काबाट सकेकाे साथ सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए कार्यक्रमकाे प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पूर्व माेरङ जिल्ला उपाध्यक्ष/उर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर माेक्तानले आफ्नो कुरा राखेका थिए ।
अर्थिक वर्ष २०७९/०८० आय तर्फ २२ लाख ३७ हजार ४ सय ८४, व्याय तर्फ २३ लाख ४ हजार ५४ रुपैयाँ भई ६६ हजार ५ सय ७० रुपैयाँ संस्था ऋण रहेकाे काेषाध्यक्ष रिता तामाङले प्रतिवेदनमा उल्लेख गरिन । प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पूर्व माेरङ जिल्ला उपाध्यक्ष/उर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर माेक्तान, अतिथिहरुमा याक्थुम चुम्लुङ नगर अध्यक्ष बानु सुब्बा, सुरेन्द्र सेर्मा, समाजिक अभियानता रुद्र तामाङ, नेपाल तामाङ घेदुङ नगर अध्यक्ष राजकुमार याेन्जन, नगर पहिलाे जाति प्रतिनिधि मानबहादुर धिमाल, भिम प्रसाद राई, बलबहादुर घिसिङर, अमर सेलिङ, नेवा दवु नगर अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ लगायत विभिन्न जातिका प्रतिनिधिहरु रहेका थिए । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीका अध्यक्ष समसेर लिम्बुकाे सभापतित्वमा सभा सम्पन्न भएकाे थियाे भने सचिव नारायण चाम्लिङले सभा संचालन गरेका थिए ।