श्री शान्ति आधारभुत बिद्यालय उर्लाबारी – २ को ४६ औं बार्शिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न

२०८० फाल्गुन २४, बिहीबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी ।

श्री शान्ति आधारभुत बिद्यालय उर्लाबारी – २ को ४६ औं बार्शिक उत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ । मोरङ १(१) का कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमको प्रमुख आतिथ्यता, कोशी प्रदेशसभा सदस्य बिद्या चाम्लिङको बिशिस्ठ आतिथ्यता र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मात्रिका धिमालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्ना प्रतीभा प्रस्तुत गरेका थिए ।

सो अवसरमा कोशी प्रदेशसभा सदस्य गौतमले विद्यार्थीहरुलाई शिक्षण सिकाईसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । शिक्षालाई पाठ्यक्रममा मात्र नभई संगित, खेलकुद, मनोरञ्जनको शिक्षालाई पनि जोड दिदै जानुपर्ने बताउनुभयो । अबको शिक्षा शिप र अनुशासन सहितको शिक्षा हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा बिद्यालयलाई सहयोग पुर्याउनु हुने, जग्गादाता, पुर्व अध्यक्ष लगायतलाई सम्मान समेत गरिएको अध्यक्ष धिमालले जानकारी दिनुभयो । बिद्यालयका प्रधानाध्यापक रामप्रसाद गौतमले बिद्यालयको बार्शिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतम, बिद्या चाम्लिङ, उर्लाबारी २ का वडा अध्यक्ष राजन कँडेल, सुनपकुवा माध्यमिक बिद्यालयका प्रधानाध्यापक भुमिराज प्याकुरेल, निरु ढाका उद्योगकी संचालक निरु चौहान लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा उर्लाबारी नगर आधारभुत तह स्तरिय लोक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा राधिका माबि उर्लाबारी ६ प्रथम, नुनसरी आधारभुत बिद्यालय उर्लाबारी १ दोस्रो र राजघाट आधारभुत बिद्यालय उर्लाबारी ९ तेस्रो भएका थिए । प्रथम, दोस्रो र तेस्रो हुन सफल बिद्यालयका विद्यार्थीहरुलाई क्रमशः नगद रु १०,७ र ५ हजारसहित ट्रफि समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय