
उर्लाबारी २५ फागुन,
पाँचौ उर्लाबारी मेयर कपको पहिलो तथा उद्घाटन खेलमा उर्लाबारी वडा नं. ३ विजयी भएको छ ।
उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार भएको उद्घाटन खेलमा गत बर्षको विजेता उर्लाबारी वडा नं. ८ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै वडा नं. ३ विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट १÷१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको छ । निकै प्रतिष्र्धात्मक खेलको पहिलो हाफको अतिरिक्त समयको १ मिनेटमा वडा नं. ३ का संजिव राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यो अग्रता १ मिनेट पनि टिक्न सकेन । अतिरिक्त समयको २ मिनेटमै उर्लाबारी वडा नं. ८ का योगेन्द्र कार्कीले गोल गर्दै खेल बराबरीमा पु¥याए । खेलअवधिभर दुबै टिम निकै आक्रमक रुपमा प्रस्तुत भएपनि गोल भने गर्न सकेनन् ।
खेलको म्यानअफ दी म्याच उर्लाबारी वडा नं. ३ का समिर तामाङ भए । उनले नगद १ हजार ५ सयसहित ट्रफी पाए । उर्लाबारी फुटबल क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले गर्नुभएको थियो । क्लबका अध्यक्ष दिपेन्द्र धिमालको सभापतित्वमा भएको उक्त कार्यक्रम सञ्चालन सचिब घनश्याम भण्डारीले गर्नुभएको थियो । स्वागत मन्तब्य खेल संयोजक विशाल तामाङले राख्नुभएको थियो । जिल्ला फुटबल संघ मोरङको प्राबिधिक सहयोग तथा उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको सो प्रतियोगिताको बिजेताले १ लाख र उपबिजेताले ५० हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् । फाइनल खेल चैत्र ३ गते हुनेछ । शनिबारको खेलमा उर्लाबारी नगरपालिका वडा नं. ६ र २ बीच प्रतिष्पर्धा हुने आयोजकका सदस्य विजु श्रेष्ठले जानकारी दिनुभयो ।