दुर्घटना न्युनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङ निर्माण ।

२०८० फाल्गुन २९, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी २९ फागुन
सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने मोरङको उर्लाबारी चौकका दुई ठाउमा जेब्रा क्रसिङ बनाईएको छ ।
उर्लाबारी क्लब र पुर्वी मोरङ यातायात संघको सहयोग तथा हलुका सवारी चालक समूह उर्लाबारीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

माछापुच्छ्रे बिकाश बैक र ब्रिटिस गोर्खा डिपार्टमेन्ट अगाडीको ब्यस्त सडकमा ट्राफिक प्रहरी नगर प्रहरी र सवारी चालकहरुको उपस्थितिमा जेब्रा क्रसिङ निर्माण गरिएको थियो ।
पैदल यात्रुले जथाभावी सडक पार गर्दा धेरैको ज्यान जाने गरेकाले आफुहरुले त्यसलाई न्यूनीकरण गर्न जेब्रा क्रसिङको निर्माण गरेको हल्का सवारी चालक समूह उर्लाबारीका अध्यक्ष बिनोद दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय