उर्लाबारी
नेपाली काग्रेसको भातृ संगठन नेपाल आदिबासी तथा जनजाती संघ उर्लाबारी वडा न ४ को सभापतिमा पारस सुब्बा चयन भएका छन ।नेपाल आदिबासी तथा जनजाती संघ उर्लाबारी वडा न ४ को बिहिबार भएको वडा अधिबेशन बाट सर्वसम्मत रुपमा सुब्बा चयन भएका हुन ।
नेपाली काग्रेस उर्लाबारी वडा न ४ का सभापति प्रेम याख्खाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उर्लाबारी नगरपालीका वडा न ४ का वडा अध्यक्ष कल्याण कुमार राई प्रदेश सभा क सह सचिव नेत्र आपागाई नगर सचिव राजन रायामाझी सर्वजित भण्डारी मुक्ति प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो । नेपाली काग्रेस उर्लाबारी वडा न ४ को पार्टी कार्यलयमा भएको वडा अधिवेशनले उप सभापतिमा सागमान तामाङ बिष्णुमाया तामाङ सचिवमा खेम श्रेष्ठ सम्भु श्रेष्ठ सह सचिवमा मदन मगर निर्मला तामङ कोषाध्यक्षमा ध्रुब सुब्बा साथै सदस्यहरुमा मदन राई रन्जु सेर्पा र टंक बहादुर तामाङ सर्वसम्मत रुपमा चयन भएको वडा सचिव भिम घिमिरेले बताउनु भयो ।