उर्लाबारी ३ चैत
पाचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिता २०८0 को उपाधिका लागि सनिबार उर्लाबारी नगरपालिका वडा नं. ३ र ६ बीच प्रतिष्पर्धा हुदैछ । उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको खेलमैदानमा हुने सो प्रतियोगिताको उपाधि जित्ने दुबै टोलीले दाबी गरेका छन् । गत बर्ष उपविजेता बनेको उर्लाबारी वडा नं. ३ यस पटक उपाधि जित्ने दाउमा छ भने गत बर्ष खेल बहिस्कार गरेको उर्लाबारी वडा नं. ६ पनि उपाधि जित्ने लक्ष्यमा छ । गत बर्षको विजेता वडा नं. ८ पहिलो चरणबाटै बाहिरिएको छ । पहिलो मेयर कप उर्लाबारी वडा नं. ५ ले जितेको थियो भने दोस्रो र तेस्रो उर्लाबारी नगरपालिका वडा नं. ६ ले जितेको थियो ।
दुई पटक उपाधि जितिसकेको उर्लाबारी वडा नं. ६ ह्याट्रिक जित्ने दाउमा रहँदा उर्लाबारी वडा नं. ३ पहिलो पटक उपाधि जित्ने चाहन्छ । उर्लाबारी वडा नं. ६ बाट ए डिभिजन क्लबबाट खेल्दै आएका एगराज बुढाथोकी, ए डिभिजन क्लबका पूर्व खेलाडी बिशाल तामाङलगायत युवा टिम रहेको छ भने वडा नं. ३ बाट ए डिभिजन क्लबका पूर्व खेलाडी विजय माझी, विदुर रिजाललगायत खेलाडी रहेका छन् । फाइनल खेल निकै प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ । सो प्रतियोगितामा उर्लाबारीका ९ वटै वडाको सहभागिता रहेको थियो । उक्त प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ५० हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिनुभयो । पाचौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा उर्लाबारी नगरपालिका मुख्य प्रायोजक रहेको छ ।
पाचौँ उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज वडा नं. ३ र ६ बीच प्रतिष्पर्धा हुँदै ।
२०८० चैत्र ३, शनिबार
पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: Koshi Pana मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd