
दिपेन्द्र बराईली /उर्लाबारी
मोरङको उर्लाबारी नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत बिधालयहरुमा इलाका प्रहरी कार्यालय उर्लाबारीले सचेतनामुलक कार्यक्रमहरुलाई तीब्र रुपमा अगाडि बढाएको छ ।
गत फागुन १३ गते बाट शुरु भएको उक्त कार्यक्रम २० गते सम्म चलेको थियो ।
सामुदायिक बिधालय तर्फ ३ वटा बिधालय जसमा रहेको राधिका मा.वि. , सुनपकुवा मा.वि , अरनिको मा.वि र निजि तथा संस्थागत बिधालय तर्फ ३ वटा बिधालय जसमा नेपाल आदर्श इङलिस सेकेन्डरी स्कुल , मोरङ मोडल आ.मा.वि . र ओवल ल्यावेटरी अंग्रेजी स्कुलका शिक्षकहरु विद्यार्थीहरु गरि करिब ६०५ जना लाई ट्राफिक नियम ,लागू पदार्थ तथा दुर्व्यसनि सम्बन्धि सचेत गराइएको थियो।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उक्त कार्यक्रम युवा खेलकुद तथा शिक्षा शाखा उर्लाबारीले आयोजना गरेको हो । नगर स्काउट समिति उर्लाबारीले व्यवस्थापनमा सहयोग गरेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारी , ट्राफिक पोस्ट उर्लाबारीले उक्त कार्यक्रमलाई पुर्ण रुपमा सहजीकरण गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।
निरीक्षक दासले उक्त सचेतना मुलक कार्यक्रम उर्लाबारीका सम्पुर्ण निजी तथा संस्थागत बिधालय र सामुदायिक बिधालयका विद्यार्थीहरु समक्ष पुराउने लक्ष्य रहेको जानकारी दिनु भयो । उहाँले उक्त कार्यक्रमले सडक दुर्घटना न्यूनीकरण र बिद्यार्थीहरुलाई लागु पदार्थ प्रयोग बाट टाढा रहन सहयोग गर्ने बताउनु भयो ।