उर्लाबारीमा भागवत सप्ताह ज्ञान महायज्ञ हुने । १ सय ११ सदस्यीय आयोजक समिति गठन ।

२०८० चैत्र ९, शुक्रबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी

मोरङको उर्लाबारीमा भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
आज पत्रकार सम्मेलन  गरी चैत्र १२ गतेदेखि १८ गतेसम्म महायज्ञ सञ्चालन हुने जानकारी गराइएको हो । महायज्ञमा प्रमुख वाचक पण्डित संकल्प सुमन खनालले कथा वाचन र उपवाचक पण्डित इन्द्रप्रकाश गौतमबाट पाठपारायणका साथै राष्ट्रिय कलाकार प्रेमसागर निरौलाबाट भजन किर्तन तथा झाँकी प्रदर्शन कार्यक्रम रहेको आयोजक समितिकी संयोजक सिता कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरका लागि आवश्यक जग्गा खरिद गर्नका लागि सो महायज्ञको आयोजना गरिएको हो । ५० लाख रुपैयाँ संकलन गर्ने उद्देश्यअनुसार महायज्ञको आयोजना गरिएको र सबै धर्मालम्बीहरुको उल्लेखिय सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

चैत्र १२ गते पूर्व मन्त्री तथा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य डिगबहादुर लिम्बूले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन विहान ९ बजे कलश यात्रा, मण्डप पुजा र कथा आरम्भ हुने छ । चैत्र १३ देखि १७ गतेसम्म नित्य पुजा, आरती, पाठपारायण, कथा वाचन, झाँकी देवलिला दर्शन, भर्जन किर्तन, झाँकी प्रदर्शन लगायतका कार्यक्रम रहेको जनाइएको छ ।

मन्दिरकी सचिब निरुपा निरौलाले महायज्ञबाट कसैलाई असर नपर्ने गरी कम आवाजमा गर्ने जानकारी दिनुभयो । महायज्ञबाट ध्वनी प्रदर्शन नहुने तर्क राख्दै उहाँले सबैले महायज्ञ भब्य रुपमा सम्पन्न गर्न साथ र सहयोग रहने अपेक्षा लिएको बताउनुभयो ।
उर्लाबारी–७ की सामाजिक ब्यक्तित्व सिता कार्कीको संयोजकत्वमा १ सय ११ सदस्यीय मुल आयोजक समिति गठन भएको छ भने विभिन्न उपसमिति समेत गठन गरिएको छ । २०७३ सालमा स्थापना भएको राधाकृष्णा मन्दिर १ कट्ठा जग्गामा रहेको छ । सो मन्दिरलाई बृहत बनाउँदै सामुदायिक भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय