कांग्रेसले अब शक्षम र सवल युवालाई नेतृत्व हस्तानतरण गर्नु पर्छ- सहमामन्त्री फागो

२०८० चैत्र ९, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी,  नेपाली कोशी प्रदेशका सहमामन्त्री खड्ग फागोले शक्षम व्याक्तिलाई कांग्रेसले नेतृत्व हस्तानतरण गर्दै जानुपर्ने बताउनु भएको छ ।
शुक्रबार उर्लाबारीमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै फागोले वडा स्तर देखी केन्द्रिय स्तर सम्म नेपाली कांग्रेसले शक्षम र सवल युवालाई नेतृत्व हस्तानतरण गर्न कन्जुस्यायी गर्न नहुने बताउनुभयो ।

समृद्धीको सपना देखेर मात्र उपलव्धी हासील नहुने भन्दै फागोले यात्रालाई टुङगोमा पुर्‍याउन शक्षम र सवल युवादस्तालाई काग्रेसले नेतृत्वदायी भुमिका प्रदान गरेर समृद्धीको यात्रामा लाग्नु पर्ने बताउनुभयो ।
नेपाली कांंग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्वुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमले आज आदीवासी महासंघको पालिका स्तरीय समिती चयन गर्ने भएको छ ।नेपाली काग्रेसको १३ भातृ संगठन मध्येको एउटा भातृ संगठन आदिवासी जनजाती महासघको प्रतिनिधी छनौटक लागि पालिकाका नौ वटा वडाबाट ५४ जना प्रतिनिधी रहेका छन् । तिनै प्रतिनिधीहरुबाट महासघले आज सभापति सहित १७ सदस्यीय नगर कमीटी पाउने भएको सभापति लिम्बुले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र १ (क) सभापति नरबहादुर मोक्तान, उपसभापति लोलिम पोमु, जिल्ला सदस्य चिन्तामणी पौडेल लगाएतका नेताहरुको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय