सुनबर्षी नगरपालीकाका मानव अधिकारकर्मी लक्षमण बुढाथोकीले आज वातावरण स्वच्छ राख्नका लागि सबैलाई प्रेरित गर्दै बिरुवा रोपेर जन्मदिन मनाउनु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.धनापटी रंगेलीमा लिचि, फुल , अंगुर, धुपी लगायतका बिरुवा रोपेर जन्मदिन मनाउनु भएको हो । क्याप भित्र आएर यसरी बिरुवा रोपेर आफ्नो जन्मदिन बुढाथोकीले मनाएकोमा ससस्त्र प्रहरि निरिक्षक टेकेन्द्र कार्कीले खुसि ब्यक्त गर्नुभयो । सिमामा हुने अपराध नियन्त्रण , चोरी पौठारी नियन्त्रण, बिपत उद्धार जस्ताकाम आफुहरुले गर्ने गरेको प्रहरि निरिक्षक कार्कीले बताउनु भयो । जहाँ जनताका समस्या त्यहाँ आफुहरु पुग्नेगरेको तर यसरी पहिलो चोटि आफ्नो परिवार सम्झेर जन्मदिन मनाउन क्याम्प भित्र आएकोमा औधि खुसि लागेको उहाँले बताउनु भयो ।
त्यसौगरि डाइनिया प्रहरी चौकी सुनबर्षीका प्रहरि नायब निरिक्षक सुवास अधिकारीले यसै पनि अभियान्ताले अरुभन्दा फरक तरिकाले आफ्नो जन्मदिन मनाउछन् । आज बुडाथोकीको जन्मदिन बिशेसमा क्याम्पमा नेपालको झण्डा उपहाँर दिएर बिरुवा रोपेर जन्मदिन मनाएकोमा धन्यबाद दिनुभयो ।
बुढाथोकिले यस बर्ष देखी फलफूलको बिरुवा रोपेर फरक फरक ठाँउमा जन्मदिन मनाउने कार्यलाई निरन्तरता दिने जनाउनुभएको छ । अहिले मानव अधिकार समूह सुनबर्षीमा बुढाथोकीको नेतृत्वमा शिक्षा ,स्वास्थ्य, वातावरण र विभेद बिरुद्ध अभियान चलाईरहेको छ । बुढाथोकी सुनवर्शी मानव अधिकार समुहका अध्यक्ष समेत रहनुभएको छ।
साथै, बुढाथोकीले जन्मदिनको शुभकामना र आशीर्वाद दिने आफन्तजन, मान्यजन, मित्रजन सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ ।