१५ जना विद्यार्थीलाई खगेन्द्र– पदमरत्न न्यौपाने छात्रवृत्ति वितरण

२०८० चैत्र १३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

झापा । झापाको दमक–१० मा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयका १५ जना विद्यार्थीलाई खगेन्द्र– पदमरत्न न्यौपाने छात्रवृत्ति वितरण गरिएको छ ।मंगलबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद हस्तान्तरण गरिएको छ । छात्रवृत्ति पाउनेमा १० छात्रासहित १५ जना विद्यार्थी रहेका छन् ।छात्रबृत्तिका दाता खगेन्द्र पदमरत्न न्यौपानेका छोराहरु डम्बरुबल्लभ, कमल, लक्ष्मीप्रसाद, दिनेश, बिनोद, त्रिलोक र बालकृष्णसहितका परिवार मिलेर ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् । २०६७ सालमा स्थापना भएको उक्त अक्षयकोषबाट बर्सेनी विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको कोषदाता विनोद न्यौपानेले जानकारी दिनुभयो ।सो कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमप्रसाद न्यौपाने, उर्लाबारी जेसीजका संस्थापक अध्यक्ष बिष्णु ओली, कोषका संरक्षक खगेन्द्रप्रसाद न्यौपाने, प्रधानाध्यापक हरिनारायण अधिकारीलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय