निवर्तमान मन्त्री लिम्बूको स्थलगत निरीक्षण

२०८० चैत्र १४, बुधबार
पढ्ने समय : 2 मिनेट

लेटाङ –

६ नम्बर बुधबारे सडक निर्माणमा चरम लापरबाही उर्लाबारी, पुर्वोतर मोरङको ‘लाइफ लाइन’ मानिएको लेटाङस्थित जीरो पोइन्टबाट निर्माणधीन ‘कालेबुदुली’ मार्गको निर्माण कार्यमा ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । कानेपोखरी, लेटाङ हुँदै पुर्वी पहाडका ६ नम्बर बुधबारे, दुर्दिम्बा र लिम्बासम्म जोड्ने भएका कारण सो मार्ग कालेबुदुली नामले चिनिन्छ । लेटाङको वीपी चौक सुरुवात बिन्दु भई धनकुटाको ६ नम्बर बुधबारेसम्मको २९.६० किमी सडक ठेक्का लागेको छ । पुर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत ८७ करोड तीन लाख ५३ हजार रुपैयाँ लागतमा सन्तोषी – जोया ब्रदर्श जेभी सुनसरीको फर्ममा निर्माण व्यवसायी भीम पौडेलले लेटाङ ६ नम्बर बुधबारे सडकको ठेक्का हात पारेका हुन् ।

 

२०८० वैशाख २८ गते सम्झौता गरेको जेभीले ०८३ वैशाख २८ मा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । सो सडक खण्ड निर्माणको प्रारम्भिक चरणमै कमसल सामग्री प्रयोग भइरहेको भन्दै संघीय सरकारका निवर्तमान मन्त्रीसमेत रहनुभएका सांसद डिगबहादुर लिम्बूले आक्रोश व्यक्त गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा बन्दै गरेको महत्वपुर्ण आयोजनामा लापरबाही भएको गुनासो आएपछि सांसद लिम्बूसहितको टोलीले लेटाङ – ६ नम्बर बुधबारे सडक खण्डको स्थलगत निरीक्षण गरेको थियो । ढुंगा भरेको ग्याबिन जाली, रिटेनिङ स्ट्रक्चर र ड्रेन निर्माणमा गुणस्तरहीन र मापदण्डविपरीत कार्य भैरहेको पाइएपछि सांसद लिम्बूले ठेकेदार कम्पनी र सडकको नियमन गर्ने निकायबीच मिलेमतोमा अनियमित कार्य भएको जनाउनुभयो । निर्माण कम्पनीले नाफा मात्रै चाहेको र नियमनकारी निकायले बेवास्ता गरेका कारण सडक निर्माणकै क्रममा लापरबाही भइरहेको भन्दै लिम्बूले आक्रोश पोख्नुभयो । ग्याबिनमा सानो साइजका कमसल ढुंगा र माटो भरेर जाली बाँधिएको, सडक खन्दा निकालिएको ढुंगा नै निर्माण कार्यमा प्रयोग गरिएको, सिमेन्टको मात्रा नमिलाई जथाभावी गिटी मिक्स गरेर ड्रेन निर्माण गरिएको भेटिएको हो ।

 

लापरबाही गर्ने ठेकेदारलाई कारवाही गरेर व्यवस्थित संरचनाको निर्माण गराउन आफु लागि परेको सांसद लिम्बूको भनाई छ । निर्माण कम्पनीले चरम लापरबाही गर्दापनि अनुगमनका निकायले ध्यान दिएका छैनन् । पुर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख डिइ सुशीलकुमार श्रेष्ठले सडक निर्माणका क्रममा गुनासो आएजस्तो कमसल सामग्री प्रयोग नभएको दाबी गर्नुभयो । उहाँले नियमित अनुगमन भैरहेको तथा प्रयोगशालामा परीक्षँण गरेर निर्माण सामग्रीको प्रयोग भइरहेको उल्लेख गर्नुभयो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय