उर्लाबारी,
जापान सरकारको आर्थिक तथा साप्लानिरको प्राविधिक सहयोगमा नेपाल पुनर्निर्माण संस्था RRN द्वारा मोरङको उर्लाबारीमा संचालित SCRDCR परियोजना अन्तरगत तेली खोला ३.६ किमी तटबन्ध लगाएतका भौतिक निर्माणको अनुगमन गर्नुको साथै समुदाय विपद व्यवस्थापन सम्बन्धि कार्यक्रम तथा स्थानीय सरकारलाई विपद सम्बन्धि नीति र ऐन निर्माणमा सहजीकरण जस्ता कार्यक्रमहरुको स्थानीय परियोजना सल्लाकार समिति LPAC को बैठक शुक्रबार सम्पन्न भएको छ ।
तटबन्धको अनुगमन पछि उर्लाबारी नगरपालिकाको सभाहलमा भएको बैठक्मा RRN अध्यक्ष डा अर्जुन कार्की , परियोजनाका संयोजक प्रवेश केसी खिल घले डा सुरेस तामाङ लक्ष्मी कार्की नेपालका लागि साप्लानिरका प्रतिनिधि युजी ताकेसिता उर्लाबारी नगर पालिकाका नगर प्रमुख गंगा प्रसाद खरेल उप प्रमुख मिना खतिवडा पौडेल राजनीति दलका प्रतिनिधि पत्रकार सुरक्षा कर्मी लगाएत स्थानीय विपद व्यवस्थापन समिति LDMC का सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परियोजना सोचे अनुरुप भएको भन्दै नगर प्रमुख गंगा प्रसाद खरेलले धन्यवाद समेत दिनुभएको थियो ।
३.६ किलोमीटर लम्बाई रहेको तेलीखोला तटबन्धमा हाल सम्म ६ करोड ३० लाख खर्च भएको परियोजनाका ईन्जिनियर प्रदिप नेपालले जानकारी दिनुभयो ।