२६ चैत/बिराटनगर
मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा इन्द्र लामा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष लामाले एक कार्यक्रमकाबीच जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पदभार ग्रहण गरेका छन् ।
अध्यक्ष लामालाई आइतबार खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोख्रेललगायतले कार्यकक्षमा स्वागत गरेका थिए ।लामा लामो समयदेखि कराँतेमा आबद्ध रहँदै आएका छन् । उनी नेकपा माओवादी केन्द्र कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष लामाले मोरङको खेलकुदको विकासका लागि आफू हरदम लागिरहने बताए। ‘हामी नेतृत्वमा आएपछि कुनैपनि पक्ष भनेर लाग्नु हुँदैन’ लामाले भने – ‘खेलकुदको विकासका लागि सबैसँग समन्वय गरेर, सबैको सल्लाह अनुसार नै अगाडि बढ्ने छु।’
उर्लाबारी ९ निवासी लामा सितोरियो कराते संघ मोरङका कार्यबहाक अध्यक्षसमेत हुन् ।