डाक्टर कुट्ने रास्वपाका क्षेत्रीय सभापति श्रेष्ठसहित ३ जना फरार

२०८१ जेष्ठ ९, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी । मोरङको उर्लाबारी–३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सुमन श्रेष्ठसहित ३ जना फरार भएका छन् ।
क्षेत्रीय सभापति श्रेष्ठसहित मंगलबारे युवा क्लबका अध्यक्ष पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको पीडितले जाहेरी दिएका छन् । उनीहरुविरुद्ध अभद्र मुद्धा दर्ता भई पक्राउ पूर्जी जारी भइसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देबेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार फरारहरुको खोजी कार्य तीब्र पारिएको छ ।
अस्पतालमा कार्यरत मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र अनिल कुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेका थिए । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि आक्रमण गरेका थिए । डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका हुन् । बुधबार बिहानदेखि बहिरिङ्ग (ओपीडी) को टिकट वितरण गरेका छैनन् । अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय