मोरङको उर्लाबारी नगरपालिका वार्ड नं ६ मा बालिका अभिमुखिकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।
रोट्रयाक्ट क्लब अफ उर्लाबारीको आयोजनामा भएको कार्यक्रममा उर्लाबारी नगरपालिका वार्ड नं ६ का वडाध्यक्षप्र चिन्तामणि पाैडेल प्रमुख अतिथि रहनुभएको थियो।
विशिष्ट अतिथिमा राेटरी क्लब अफ उर्लाबारीका अध्यक्ष विनाेद न्याैपाने,इलाका प्रहरी कार्यालय उर्लाबारीका बाबुराम खनाल रहनुभएको थियो साथै अतिथिहरूमा उर्लाबारी वडा नम्बर ६ का बम ब श्रेष्ठ, मान बहादुर धिमाल,पवित्रा विश्वकर्मा,दुर्गावति सुब्बा र बालमैत्री सहजकर्ता स्वतिका पाेख्ररेल रहनु भएको थियो।
त्यस्तै कार्यक्रममा उर्लाबारी वडा नम्बर ६ का स्कुलहरू राधिका मावि, माेरङ माेडल मावि, कुडाेस विध्या सदन स्कुल,लालिगुरास स्कुल,हाेलिचाल्यड मावि, सामुदायिक बाल संजाल सिसैलि तथा तरण चाेक,धावने चाेकसुर्यचाेक ए र वि सिमानाबस्ति गरि ६ वटा क्लबको उपस्थिति रहेको थियो।
कार्यक्रम राेट्याक क्लबका अध्यक्ष सुनिल सुबेदीकाे अध्यक्षतामा भएको थियो ।
सह आयाेजक वडा नं ६ र सिदिविनायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका थिए।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बालबालिका लाइ जनचेतनामूलक लागुपर्दाथ दुर्व्यसनी तथा बालअधिकार सम्बन्धि जानकारी गराई नेपालकाे कानुनले लगाएको प्रतिबन्धका बारेमा जानकारी गर्दै लागु-पदार्थ गर्दा के हुन्छ ? र कस्तो कानुनी कार्वाही हुन्छ? लागु पदार्थ जसलाई समाजबाट नै मुक्त गर्नुपर्दछ भन्ने जानकारी गराईएकाे थियोे ।
त्यसैगरि उर्लाबारी वडा ६ र १ नम्बर तत्काल मालमैत्री वडा धाेषणा हुने कम्रमा रहेको हुदा बाल अधिकार सम्बन्धित जानकारी गराईएको थियो।बालबालिकाले आफ्नो हक पाउन स्थानीय सरकार, प्रदेश सरकार, र केन्द्रबाट नै राम्रोसँग बालअधिकार सम्बन्धि कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बक्ताहरुले बताएका छन।
कुनै पनि बालबालिकालाई जबर्जस्ती काम र बालिबालिकाकाे मन्जुरी विना कुनै कार्य गर्न गराउन नहुने र गरेको खण्डमा कानुनी उपचार समेत गर्न सकिने कार्यक्रममा जानकारी गराउनु भएको थियाे।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा विशिष्ट अतिथिले क्लबले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो। क्लब अन्य क्लब भन्दा छिटो छरितो र सजिलो बस्तुगत यर्थात रूपमा कस्तो कार्यक्रम गर्दा समाजलाई हितकारी लाभ पुगेको छ। आज विश्व महिनावारी दिवश समेत रहेको हुदा प्याड संग सम्बन्धित जानकारी समेत प्राद्न गरिएको थियो।
प्रतिनिधि मुलक रूपमा सेनिटरी प्याडलाइ कसरी घरमा आफै निमार्ण गरि बनाउन सकिन्छ, यसलाई पुनः कसरी फेरि प्रयोगमा लगाउन सकिन्छ भनेर भिडियो सहित सबै प्रतिनिधि, नानीहरूलाइ सिलाउन लगाएर सिकाएको थियाे ।
जसमा रियुज वाला प्याडकाे माध्यम बाट वातावरणमा लाइ समेत सहयोग पुर्याउन सकिने बताईएको छ।
नानीहरू तथा स्कुल, क्लबबाट आएका शिक्षिकाहरू ले क्लबले दिएको चेतनामुलक कार्यक्रम धेरै राम्रो रहेको र साेचे भन्दा उष्कृट भएको र आगमिदिन पनि यस्ता कार्यक्रम नियमित रूपमा संचालन गर्ने शुभकामना दिएका छन।
कार्यक्रम उर्लाबारी वडा नम्बर ६ काे सभाहलमा भएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि,इलाका प्रहरीका प्रतिनिधि ,स्कुल ,तथा बाल क्लबका प्रतिनिधि सहित सामुहिक ६९ जनाकाे उपस्थितिमा समापन भएको हो।