उर्लावारी,
मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा एक दिने संचार कौशलता र सामाजिक कार्य सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ।
स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारीको आयोजनामा भएको कार्यशालामा पूर्वाञ्चल विश्वविद्यालयका कला, कानुन र शिक्षा संकायका डीन प्राध्यापक डाक्टर अनिल कुमार पोखरेल प्रमुख अतिथिका रुपमा रहनुभएको थियो।
कार्यक्रममा बोल्दै डाक्टर पोखरेल समाजकार्य र सञ्चारका बिषय महत्वपूर्ण भनाईहरु राख्नुभएको थियो।
कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुष्पलाल ढकाल, क्याम्पस प्रमुख खेमराज कार्की, पूर्वाञ्चल विश्वविद्यालयका उप-प्राध्यापक द्वय गिरिश भट्टराई तथा सुजन विष्ट रहनुभएको थियो।
त्यस्तै अतिथिहरुमा क्याम्पस व्यवस्थापन समितिका सदस्य प्रेम डागी लगायत रहनुभएको थियो।
कार्यशालामा प्रशिक्षक द्वय गिरिश भट्टराई तथा सुजन विष्टले संचार कौशलता र सामाजिक कार्य सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रमको संचालन क्याम्पसका शिक्षक टीका दाहालले गर्नुभएको थियो भने शुभकामना मन्तव्य क्याम्पसकै बिद्यार्थी संगिता कार्कीले राख्नुभएको थियो।
कार्यक्रम उर्लाबारी बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनका सभापति विबेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमको प्राविधिक सहयोग पूर्वाञ्चल विश्वविद्यालय कला, कानुन र शिक्षा संकायक बिराटनगरले गरेको थियो।