ठेकेदारको ढिलासुस्तीले स्थानीयमा हैरानी

२०८१ असार ११, सोमबार
पढ्ने समय : < 1 मिनेट

मोरङको उर्लाबारी-९ नरेन्द्र देवानको घर देखि तलको बाटाे ठेकेदारको लापरबाहीले निर्माण सम्पन्न गर्ने मिति सम्ममा पिचको काम हुन सकेको छैन ।

यो ठेकेदार कम्पनीले यहि सडक खण्ड अन्तरगत उर्लाबारी आम्बारीको बाटोको पिचको काम दुई बर्स अघि अलपत्र पारेर भागेको थियो ।
पछि धेरै तनाबका बिच धुलाम्मे बाटो एक बर्स पछि मात्र कालोपत्रे सम्पन्न गरेको थियो ।

कम्पनीका खेमराज निरौलालाईलाई कल गर्दा  जिउ जिउ गर्दै कैले पानी परेर  कैले घाम नलागेर भन्दै कालोपत्रेको काम नभएको बताउछ्न ।
प्रयाप्त लगानी श्रोत साधन बिना केबल  लाईसेन्सकै भरमा काम हत्याउने र निर्माणका काम अलपत्र पार्ने तोकिएको मितिमा सम्पन्न नगर्ने उनको बानी बारे प्रायः सम्बन्धित निकायका मान्छे जानकार छ्न । उनले नै काम पाउँछन्, तर उनको कामले स्थानियमा हैरानी छ।

बाेडरलाईन टाेल बिकास सस्था उर्लाबारी-९ का अध्यक्ष  राजन रायमाझीले कालोपत्रे समयमा  नहुदा गुनासो आएको बताउनु भयो ।
ठेकेदारको लापरबाही अत्ति भयो, फोन अफ गरेर बस्छन ।
कल गर्दा उठ्दैन ।

अध्यक्ष रायमाझी भन्छन:लापरबाहीले यो भन्दा अत्तिले चार गर्यो भने लाइसेन्स खारेजको माग गर्दै सम्बन्धित निकायमा जानुको बिकल्प छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय