उर्लाबारी,
मोरङको उर्लाबारी नगरपालिका वार्ड नं १ मा रहेको लक्ष्मी आधारभुत बिद्यालयका १५ जना विपन्न बिद्यार्थीहरुलाई समाजसेवी सुभा राईद्वारा दुई दुई थान स्कुले ड्रेस प्रदान गर्नुभएको छ।
धरान १९ धनकुटे रोड बस्दै आउनु भएकी राईले हन्ड्रेड प्लस ल्युज संचार गृहबाट प्रसारित भिडियो सामाग्री देखेपछी मन थाम्न नसकेर आफुले उनिहरुलाई सहयोग गरेको उहाले बताउनु भयो।
आज स्कुलमा भएको एक कार्यक्रम मार्फत उक्त बिद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको छ।
कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन हन्ड्रेड प्लस ल्युजकी संचालिका सम्झना राईले गर्नुभएको थियो।
त्यस्तै कक्षा ३ मा अध्ययनरत न्यून आर्थिक अबस्था रहेका शिशिर माझीलाई देउमाई नगरपालिका निवासी निर्मला मिखु लगुनले खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु प्रदान गर्नुभएको छ।
स्कुलको कक्षा १ देखि ५ सम्म पढ्ने विपन्न बिद्यार्थीहरुको ड्रेसको अबस्था एकदमै बिजोक रहेको भिडियो सामाग्री देखेपछी उहाँहरुले सहयोग गरेको बताउनु भयो।
कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष मोहनकर्ण श्रेष्ठ, प्रधानाध्यापक जगत श्रेष्ठ, संचारकर्मी तथा कार्यक्रम संयोजक सम्झना राई, स्कुलका शिक्षक, शिक्षिका र पत्रकार पुजन दासको उपस्थिति रहेको थियो।
१०० प्लस न्युज मिडियाले लामो समयदेखि समाजका विभिन्न समस्या तथा सेवाहरुमा आफ्नो महत्त्वपूर्ण योजदान पुर्याउदै आएको छ। आगामी दिनमा समाजकार्य संगसंगै सामाजमा उत्पीडनमा परेका आम नागरिकको समस्यालाई जोडका साथ आफ्नो मिडियामा उठाने गर्ने लक्ष्य रहेको १०० प्लस न्युजको संचालिका सम्झना राईले बताउनु भयो।