
उर्लाबारी,
मोरङको उर्लाबारी नगरपालिका वार्ड नं ८ मा रहेको शान्ति क्षेत्र आधारभुत बिद्यालयका १५ जना छात्र, छात्रा पुरस्कृत भएका छन।
शैक्षिक सत्र २०८० मा भएको आन्तरिक परिक्षामा उत्कृष्ट अंक ल्याउने १५ जना बिद्यार्थी पुरस्कृत भएका हुन।
कक्षा १ देखि ५ सम्म अध्ययनरत प्रथम, दितिय र तृतीय हुने बिद्यार्थीहरुलाई आज भएको एक औपचारिक कार्यक्रम मार्फत नगद रु १ हजार सहित पुरस्कृत गरिएको हो।
बेलबहादुर तथा नरमाया लिङ्थेप अक्षयकोषका अक्षयकोषदाता उर्लाबारी ८ बालबिसौनी घरभइ हाल हङकङमा हुनुहुने कमल लिङ्थेपले अक्षयकोष मार्फत उर्लाबारी तथा मोरङका विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ।