उर्लाबारी,
असार १५ ले नेपालमा किसानहरूको धान रोपाइँ गर्ने चटारोलाई संकेत गर्दछ र यही दिनलाई विगत २१ वर्षदेखि नेपालमा राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरिएको छ।
असार पन्ध्रकै दिन मनाउने धान दिवस नेपालीहरुले धुमधाम मनाएका छन | सामाजिक संजालमा दही, चिउरा, र केरा खादै गरेका तस्बिरहरु छताछुल्ल भएका छन। लाग्छ कृषिमा ठुलै क्रान्ति भयो।जसरी आज सामाजिक सन्जालाई हिलो खेलेको, दही खाएको तस्बिरले हिलाम्मे पारेको छ त्यस्तै हिलाम्मे खेतबारीहरु भेट्न भने गाह्रोनै भएको छ ।
पछिल्लो पुस्ताले कृषी पेशालाई बेवास्ता गरिरहेको यो सन्दर्भमा धान दिवस र असार पन्ध्र सामाजिक संजालमा मात्रै सिमित बन्ने देखिएको छ।फोटो खिच्नकै लागि भएपनि आजका दिन धेरै जना खेतबारीमा पसेका छन। नयाँ नयाँ लुगा लगाएर फोटो भिडियो खिच्न हात्तारीएका छन।
सामाजिक संजालमा देखिएको असार पन्ध्र र खेतबारीमा काम गर्ने कृषकको असार पन्ध्रको दुरी सुर्य र पृथ्वीको जतीनै भएको छ।
किसानहरूले सिँचाइ र गुणस्तरीय बीउको अभाव तथा धानको राम्रो बजार नहुने जस्ता पुरानै समस्या कायम रहँदा उत्पादन वृद्धि दिगो पार्न नसकिरहेको अबस्था छ।देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ।
यसरी आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुन नसक्ने कृषकको भनाई छ।
यसरी पर्वको रुपमा विकसित भैरहेको असार पन्ध्र र धान दिवसले कृषिको संरक्षण भन्दा नी देखावटीमा जोड दिएको देख्न सकिन्छ।
तसर्थ सामाजिक संजाल भन्दा खेतबारीनै हिलाम्मे पारौं कृषि उत्पादनमा जोड दियौं ।