उर्लाबारीमा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते मनाईने

२०८१ श्रावण २३, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारीमा,
नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारीले हरेक वर्ष अगस्ट ९ का दिन मनाउदै आएको विश्व आदिवासी दिवस यस वर्ष पनि सोही दिन मनाउने भएको छ।

महासंघको बैठकले साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने निर्णय गरे संगै कार्यक्रममको तयारी अन्तिम चरणमा पुगेको छ।

विश्व आदिवासी दिवसको अवसरमा उर्लाबारीमा  आयोजना गरिने कार्यक्रममा कोशी प्रदेश सभा सदस्य कमल जवेगुको  प्रमुख आतिथ्यता रहने सस्थाका सचिव नारायण चाम्लिङ राईले जानकारी दिनुभएको छ।
उक्त कार्यक्रममा विभिन्न जातीय समुदायहरूको झाँकी तथा र्‍याली प्रदर्शन गरिने, एवं विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारीका अध्यक्ष सम्सेर लिम्बुले जानकारी दिनुभयो।

विश्व आदिवासी दिवसको सन्दर्भमा अन्य विभिन्न जातीय संघ/संस्थाहरूसँग मिलेर  विभिन्न सास्कृतिक  कार्यक्रम गरिने  महासंघले जनाएको छ ।
विश्वका आदिवासीहरूले हरेक वर्षको ९ अगस्टलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसको रुपमा मनाउने गर्दै आएका छन् । संयुक्त राष्ट्र संघले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने घोषणा गरेपछि सन् १९९४ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय