रतुवामाई जेसिजको आयोजनामा अन्तर मा.वि स्तरीय  बक्तित्वकला प्रतियोगिता हुने 

२०८१ भाद्र ११, मंगलवार
पढ्ने समय : < 1 मिनेट

रतुवामाई जेसिजको आयोजनामा अन्तर मा.वि   स्तरीय  बक्तित्वकला प्रतियोगिता हुने

मोरङको रतुवामाई नगरपालिकामा रहेको सामाजिक संस्था रतुवामाई जेसिसले यहीँ भाद्र २८ गते अन्तर मा.वि  स्तरीय  बक्तित्वकला प्रतियोगिता कार्यक्रम गर्ने भएको छ ।

जेसिसका संस्थापक अध्यक्ष निलम खड्काका अनुसार रतुवामाई नगरपालिका भित्र रहेका २४ वटा संस्थागत तथा सामुदायिक   बिधालयका विद्यार्थीहरु सहभागी हुने गरि कार्यक्रम तयार पारिएको जानकारी दिनुभएको छ।
पछिल्लो समय युवा पुस्ताहरु लागू-औषध प्रयोगमा  दिनप्रतिदिन  बढ्दै गएका कारण  उक्त कार्यक्रममा लागू-औषध नियन्त्रणमा युवाको भुमिका शिर्षकमा राखी प्रतियोगिता संचालन गर्न लागिएको उहाले बताउनु भयो।

प्रतियोगितामा सहभागी भैइ प्रथम हुने नगद रु पच्चीस हजार   दोस्रो, तेस्रो हुने विद्यार्थीलाई क्रमशः पन्ध्र  हजार र दश हजार सहित प्रमाणपत्र सिल्डको ब्यवस्था रहेको जानकारी  दिनुभयो ।  कार्यक्रमको सम्पुर्ण खर्च करिब अनुमानित दुई लाख बाह्र हजार रहेको र उक्त खर्चका लागि स्थानिय सरकार , जेसिसका कार्यकारी सदस्यहरु , स्थानिय समाजसेवी बुद्धिजिबिहरु बाट सहयोग संकलन गर्दै साथै सहभागी बिधालयबाट एक हजारका दरले एन्टी फि उठाएर ब्यवस्थापन गर्ने र अन्य आन्तरिक श्रोत रहेको रतुवामाई जेसिसका कोषाध्यक्ष वविन भण्डारीले बताउनु भयो ।
कार्यक्रम रतुवामाईको डाम्राभिट्टामा २८ गते सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय