ब्लुम डिजिटलको आयोजनामा  विद्यालय स्तरीय फुटसल प्रतियोगिता हुने

२०८१ भाद्र १२, बुधबार
पढ्ने समय : < 1 मिनेट

१२ भदौ / उर्लाबारी
ब्लुम डिजिटलको आयोजनामा  भदौ १८ र १९  गते   दुई दिवसीय विद्यालयस्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।

उर्लाबारी स्थित रहेको  ब्लुम डिजिटल स्टूडियोको आयोजना र उर्लाबारी बारीष्टा एकाडेमीको सह-आयोजनामा दुई दिन संचालन हुने उक्त प्रतियोगितामा उर्लाबारीका माध्यमिक तहका विद्यालयको सहभागिता रहने आयोजक ब्लुम डिजिटलका अध्यक्ष सुदिप भट्टराईले बताएका छन।

उर्लाबारी  ४ मा रहेको उर्लाबारी फुटसलमा हुने सो प्रतियोगिताको विजेताले नगद रु २१ हजार १ सय ११ , उपविजेताले ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्स, हाई स्कोरर,  वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डरलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने ब्लुमका अध्यक्ष भट्टराईले जानकारी दिए ।

केआईईसी प्रा.लि.को मुख्य प्रयोजन रहने सो प्रतियोगिताको नाम केआईईसी ईन्टर स्कूल फुटसल टुर्नामेन्ट २०२४ राखिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय