दिपेन्द्र बराईली / रतुवामाई
माओवादी केन्द्र रतुवामाईमा विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नेहरुको लहर चलेको छ।
रतुवामाई नगरपालिका वार्ड नं १० का २५ जना र रतुवामाई २ का १२ जना गरि एकै दिन ३७ जनाले माओवादी प्रबेश गरेका छन।
माओवादी केन्द्र रतुवामाईका नगर इन्चार्ज तथा प्रदेश सदस्य सुमन कालिकोटेको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा उनिहरुले पार्टी प्रबेश गरेका हुन।
रतुवामाई क्षेत्रको बिकासमा माओवादीबाट निर्वाचित प्रतिनिधिहरुले उल्लेखनीय भुमिका निर्वाह गरेको र जनताको पिर-मार्कालाई आत्मासाथ गरि अघि बढेकाले माओवादी प्रति आफुहरु आकर्षित भएको नवप्रबेसीहरुले बताए।
राप्रपा, नेपाली कांग्रेस र नेकपा एमाले त्यागी पछिल्लो एक महिनामा माओवादी प्रबेशको चरण संख्यात्म हिसावमा राम्रो देखिएको छ।
पार्टीले संचालन गरेको पार्टी सुदृढीकरण अभियानले पार्टीलाई केही दरो बनाएको अबस्य थियो र थप हामिले चालेका सकारात्मक कदमले रतुवामाई माओवादी अझ दर्बिलो बनेको माओवादी केन्द्र रतुवामाईका इन्चार्ज तथा प्रदेश सदस्य सुमन कालिकोटेले बताउनु भयो।
नव प्रवेसीहरुलाई माओवादी केन्द्र रतुवामाईका नगरसचिव निलम खडका, बद्री पोख्रेल र सहसचिव बबिन भण्डारी, गोबिन्द कोइराला लगायत वडाका नेताहरुले स्वागत गर्नुभएको थियोे।