आमा मिलन केन्द्रको ४३ औं वार्षिक साधारणसभा सम्पन्न

२०८१ आश्विन ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी,

मोरङको उर्लाबारी नगरपालिका वार्ड नं ५ मा रहेको आमा मिलन  केन्द्रको ४३ औं वार्षिक साधारणसभा  भब्यताका साथ सम्पन्न  भएको छ।

विविध कार्यक्रमहरु सहित आज संस्थाको आफ्नै भवनमा  भएको  कार्यक्रमको प्रमुख अतिथिका रुपमा उर्लाबारी नगरपालिका वार्ड नं ५ का वडाध्यक्ष  रविन लामा रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिका रुपमा वडासदस्य देविकला राई,महिला उत्थान मन्चकी अध्यक्ष  सुर्सु गुरुङ रहनुभएको थियो। त्यस्तै अतिथिहरुमा सस्थाका मानर्थ सदस्य डिल्ली प्रसाद काफ्ले,महेन्द्र जङ्ग तामाङ्ग, जयधर्म आचार्य, लक्ष्मी सापकोटा, अमृता राई लगायत रहनुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य हिमा राईले राख्नुभएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रविन लामाले गर्नुभएको थियो।

कार्यक्रम माथी प्रकाश पार्दै कार्यक्रमको औचित्यका बारेमा सस्थाकी अध्यक्ष तथा प्रदेशसभा सदस्य संसद बिद्या चाम्लिङ राईले बोल्नुभएको थियो।
सस्थाको वार्षिक प्रगती  प्रतिबेदन सस्थाकी सचीव रमा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिबेदन कोषाध्यक्षले सुशिला पौडेलले प्रस्तुत गर्नुभएको थियो।

सोही अबसरमा विभिन्न ४ जनालाई सस्थाले सम्मान समेत गरेको छ। आफ्ना विभिन्न परिवारका वृद्ध सदस्यहरुलाई उचित हेरचाह र सम्मान सहित रेखदेख गरि समाजका लागि उदाहरणीय काम गर्नुभएका प्रेम प्रसाद ढुंगाना सम्मानित हुनुभएको छ।
त्यस्तै पत्रकारीताको माध्यम बाट गाउँ समाजका   परिवर्तनमा लागि पर्नुहुने पत्रकार सम्झना राई सम्मानित हुनुभएको हो।
विभिन्न समस्यामा परेका महिलाहरुलाई रोजगारी प्रदान गरि  उद्योग संचालन गर्दै आउनुहुने महिला उद्यमी हेमा गजुरेल समेत सम्मानित हुनुभएको छ। साथै विभिन्न शृङगारका सामग्री उत्पाद्न गर्दै आउनुहुने महिला उद्यमी गोमा रोक्कालाई पनि सम्मान गरिएको थियो।
कार्यक्रम  सस्थाको अध्यक्ष बिद्या चाम्लिङ्ग राईको अध्यक्षतामा सम्पन्न भएको थियो।
आमा मिलन केन्द्रले विभिन्न सीप मुलक तालिमहरु साथै   विभिन्न सामाजिक काम समेत गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय