सांसद मोदिको प्रमुख आतिथ्यतामा रतुवामाईमा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम – २०८१ हुने

२०८१ आश्विन ७, सोमबार
पढ्ने समय : < 1 मिनेट

रतुवामाई,

मोरङको रतुवामाई नगरपालिका वार्ड नं ९, ठकठकियामा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम – २०८१  हुने भएको छ।
असोज  ९ गते बुधबार प्रतिनिधिसभा सदस्य संघिय सांसद अमनलाल मोदीको प्रमुख आतिथ्यतामा  सांस्कृतिक कार्यक्रम हुन लागेको हो।कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रदेशसभा सदस्य सांसद गणेश उप्रेती (सुशील )को उपस्तिथि रहने आयोजकले जानकारी दिएको छ।

सांस्कृतिक कार्यक्रममा विभिन्न जातजातिले आफ्नो मौलिक भेषभुषामा सजिएर आफ्नो जातिको मौलिक नृत्यहरु प्रस्तुत गर्नेछन ।जितिया पर्वको आफ्नो छुट्टै इतिहास र महत्त्व रहेकाले जितिया पर्वलाई बचाउन केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले नगर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थारु समाजका प्रतिनिधि नरेश धामीले जानकारी दिएका छन।

सांस्कृतिक कार्यक्रममा गायक सुरेश  धिमाल, नवीन ताजपुरिया  डान्सर अर्पण चौधरी, द भोइस अफ किड्स फाइनलिष्ट  बाल गायक प्रज्वल काफ्ले, सृजनसिल युवा कल्ब पथरीका कलाकारहरूको प्रस्तुति र आयोजकको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

नन्दु गुरुङ र उदयमान गायक बुद्ध मुर्मुले गायन प्रस्तुत गर्नेछन। त्यस्तै हास्य कलाकार बिक्रम कार्की र राकेश कमेडीको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय