उर्लाबारी,
आमा मिलन केन्द्रको आयोजनामा एक दिवसीय सर्प सम्बन्धी जनचेतनामूलक कार्यक्रम आज सम्पन्न भएको छ।
संस्थाले सर्पको टोकाइबाट हुने विभिन्न दुर्घटना र क्षतिहरुको रोकथामका लागि उर्लाबारी तथा झापाका सर्प उद्धारकर्ता संगको समन्वयमा एक दिवसीय सर्प सम्बन्धी जनचेतनामूलक कार्यक्रम आज सम्पन्न गरेको हो।
सर्प उद्धारकर्ता श्याम प्रधान, बिरेन्द्र तिवारी, पत्रकार तथा सर्प उद्धारकर्ता रमेश भण्डारी र शम्झना राईले विभिन्न बिषालु तथा अबिषालु सर्पको बारेमा बताएका थिए।
बिषालु सर्पको बनावट, चाल र बिषले देखाउने प्रतिक्रियाका बारेमा वृतान्त रुपमा बताएका थिए।
साथै अबिषालु सर्पको बनावट, प्रतिक्रियाका बारेमा समेत उनिहरुले बताएका छन।
सर्पबाट जोगिन अध्यारो मा हिन्दा टोर्च लाईटको प्रयोग गर्ने, घर वरिपरि सरसफाइ गर्ने, फिनेलको प्रयोग गर्ने र सुत्दा झुलको प्रयोग गर्न सल्लाह दिएका छन। यदि कोहि कसैलाई जुनसुकै सर्पले टोकेमा नअत्तालि तुरुन्तै अस्पताल जानुपर्ने उनिहरुले बताए ।
यस कार्यक्रम मार्फत २ सय जनाले सर्प सम्बन्धि आधारभुत ज्ञान लिएका छन।
संस्थामा आवद्ध आमाहरु, विभिन्न स्कुलका बिद्यार्थी प्रतिनिधिहरु, शिक्षक, पत्रकार र राजनीतिज्ञहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्व बैंकर तथा संस्थाको मानार्थ सदस्य डिल्ली प्रसाद काफ्ले रहनुभएको थियो भने वरिष्ठ अतिथीमा महिला उत्थान मंचको अध्यक्ष सर्सु गुरुङ रहनुभएको थियो।
त्यस्तै अतिथिहरुमा शिक्षक खड्ग बहादुर श्रेष्ठ, मदन गुरुङ लगायत रहनुभएको थियो।
कार्यक्रम सस्थाकी सचिव रमा श्रेष्ठले संचालन गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता सस्थाको अध्यक्ष बिद्या चाम्लिङ्ग राईले गर्नुभएको थियो।