रतुवामाईमा  जितिया पर्व धुमधाम सम्पन्न

२०८१ आश्विन १०, बिहीबार
पढ्ने समय : < 1 मिनेट

रतुवामाई,
मोरङको रतुवामाई नगरपालिका वार्ड नं ९, ठकठकियामा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

असोज  ९ गते बुधबार प्रतिनिधिसभा सदस्य संघिय संसद अमनलाल मोदीको प्रमुख आतिथ्यतामा  सांस्कृतिक कार्यक्रम भएको हो।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रदेशसभा सदस्य संसद गणेश उप्रेती (सुशील )रहनुभएको थियो।
त्यस्तै अतिथिहरुमा रतुवामाई नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष  इन्द्र बहादुर लिम्बू, नेकपा माओवादी केन्द्रका नेता तथा रतुवामाई नगर इन्चार्ज सुमन कालिकोटे, बलबहादुर बस्नेत लगायतको
उपस्तिथि रहेको थियो।
सांस्कृतिक कार्यक्रममा विभिन्न जातजातिले आफ्नो मौलिक भेषभुषामा सजिएर आफ्नो जातिको मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए। जितिया पर्वको आफ्नो छुट्टै इतिहास र महत्त्व रहेकाले जितिया पर्वलाई बचाउन केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले नगर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थारु समाजका प्रतिनिधि तथा कार्यक्रम संयोजक  नरेश धामीले जानकारी दिएका छन।
सांस्कृतिक कार्यक्रममा गायक सुरेश  धिमाल, नवीन ताजपुरिया  डान्सर अर्पण चौधरी, द भोइस अफ किड्स फाइनलिष्ट  बाल गायक प्रज्वल काफ्ले, सृजनसिल युवा कल्ब पथरीका कलाकारहरूले आफ्नो  प्रस्तुति दिएका थिए।  यस्तै आयोजकको प्रस्तुति पनि दमदार रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय