फोनिज मोरङको छैटौं अधिवेशन सम्पन्न, अनिल श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन

२०८१ पुष २७, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, पौष २७ 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छैटौं जिल्ला अधिवेशनबाट अनिल श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। शनिबार पथरीशनिश्चरे–२ स्थित हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो।

अन्य पदाधिकारीहरूमा विजय खम्बु उपाध्यक्ष, विद्यानन्द चौधरी सचिव, संगीता राई र राजेश राजवंशी सहसचिव, तथा सुरन्जन लिम्बू कोषाध्यक्षमा चयन भएका छन्। साथै, सदस्यहरूमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई, र सञ्जय राजवंशी रहेका छन्। लेखा संयोजकको जिम्मेवारी रामकुमारी राई, राजकुमारी तामाङ, र भुवराज लिम्बूले सम्हाल्ने भएका छन्।

यो अधिवेशनले फोनिज मोरङको आगामी कार्ययोजनालाई थप सुदृढ बनाउन र आदिवासी जनजाति पत्रकारहरूको सशक्तिकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले समुदायका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय