दिपेन्द्र बराईली ,
माघ – १६, मोरङ
अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा ममता अधिकारी ८८२ मत प्राप्त गर्दै केन्द्रीय उपाध्यक्ष (छात्रा) पदमा विजयी भएकी छन्। यो जितसँगै उनले संगठनमा सर्वाधिक मत ल्याउने उम्मेदवारको स्थान हासिल गरेकी छन्।
निर्वाचनपछि अधिकारीले विद्यार्थी हकहितका लागि सशक्त भूमिका निर्वाह गर्ने, शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाउने, तथा भ्रष्टाचारविरुद्ध कडा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, महिला तथा श्रमजीवी वर्गका विद्यार्थीहरूको अधिकारका लागि संगठनलाई अझ प्रभावकारी बनाउने उनको योजना रहेको छ।
ममता अधिकारी लामो समयदेखि विद्यार्थी आन्दोलनमा क्रियाशील छिन्। उनको जितसँगै संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।